५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मनकामना संस्कृत विद्यापिठमा वृक्षारोपण



मायादेवी अनलाइन, जितपुर ।

कविलवस्तुको वाणगंगा नगरपालिका २ नन्दनगरमा वृक्षारोपण गरिएको छ । “विज्ञान तथा प्रविधिको उन्नत विकास, प्रकोप र महामारीवाट सहज निकास” भन्ने मुलनाराका साथ वाणगंगा २ मनकामना संस्कृत विद्यापिठमा बृक्षारोपाण तथा अन्तरकृया गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाणगंगाका उपमेयर चक्र अर्यालले प्रकृतीको संरक्षण तथा वातावरणलाई स्वच्छ राख्न बृक्षारोपण गर्नुपर्ने बताउनुभयो । आगामी दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाको जोड छ । कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलको विशिष्ट आतिथ्यता, वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्राईको अध्यक्षता र शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीको संचालनमा सम्पन्न भएको हो ।

No description available.

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ५ : ४९ बजे