५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय कार्यालयको उद्‍घाटन



काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी कार्यालयको उद्‍घाटन गरेका छन् । नेपालले उद्‍घाटन गरेसँँगै शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको हो । मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको हो ।

चार तले सो घर पूजा थापा बस्नेतको हो। घरमा १५ वटा कोठाहरु छन् । उक्त घर पाँच वर्षका घर भाडामा लिइएको हो । पार्टीको केन्द्रीय कार्यालयको उद्‍घाटन गर्दै नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए । उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ३ : ३४ बजे