५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु



धनुषा ।

धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। शुक्रबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स ४ प ७९२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर स। ४ प ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकास्थित नरहाका अन्दाजी ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।
उनका अनुसार लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम घाइते भएका छन्। घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले जनाए।
मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  १ : ५८ बजे