५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सुरु



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको छ । त्रिविले क्याम्पस, विभाग, स्कूलहरूमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा निर्णय गरेको हो ।
कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते सो निर्णय गरेको थियो ।
त्रिविले जारी गरेको सुचनामा कोभिड – १९ को जोखिम कायमै भएकाले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रही सञ्चालन गर्न भनिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  १ : ५१ बजे