५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै



काठमाण्डौ ।

आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्नेु पर्व मनाइने चलन छ ।
राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताउनुभयो । सुदूरपश्चिममा भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पुतना बुढी अर्थात् राक्षस पुतनाको प्रतिक बनाइएको हुन्छ ।

त्यो प्रतिकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ ।
यसैगरी बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बुढापाका बताउँछन् ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  १ : १८ बजे