५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

माधव नेपाल लाई एकदिन एमालेमै फर्कन्छन्ः योगेश भट्टराई



पोखरा ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले छाडेर नेकपा एस बनाएका माधवकुमार नेपाल ‘होम सिक’ भइसकेको बताएका छन् । भट्टराईले नेपाललाई पुरानो घरको माया लागेर छिटै एमालेमै फर्कने दाबीसमेत गरे ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमाले छाडेर नेकपा (एकीकृत समावादी) गठन गरेका नेपाललाई पछुतो लाग्न थालिसकेको बताए । पार्टी एकताका लागि माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको र १० बुँदे सहमति गरेको भए पनि बीचमा उनले छाडेको भन्दै भट्टराईले गुनासो गरे ।

आफूहले माधव नेपाललाई धोका नदिएको भट्टराईको भनाइ थियो । यो सरकार असफलतार्फ गइसकेकाले अब फेरि एमालेकै सरकार बन्ने पनि भट्टराईले दाबी गरे । ‘यो सरकारले अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता पनि गुमाइसकेको छ’, उनले भने ।
गण्डकी प्रदेशको सञ्चारसम्बन्धी विधयकको उनले विरोध गरे । प्रेसमाथि अंकुश लगाउने काम आफ्नो पार्टीका लागि स्वीकार्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  १ : ०० बजे