५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विराटले छाडे ट्वान्टी ट्वान्टी टिमको कप्तानी, किन ?



काठमाडौं ।
ट्वान्टी-ट्वान्टी विश्वकप सुरु हुन केही साता मात्र बाँकी छँदा एउटा त्यस्तो समाचार आएको छ, जसले विश्व क्रिकेटमा सनसनी छाएको छ ।

अहिलेको आधुनिक क्रिकेटका सबैभन्दा राम्रो ब्याट्सम्यानमध्ये एक विराट कोहलीले भारतीय ट्वान्टी ट्वान्टी टिमको कप्तानी छाड्ने भएका छन्, त्यही विश्वकपको समाप्तीमा ।

त्यसको अर्थ उनी भारतीय टेस्ट र वान डे टिमको कप्तानी भने रहने छन् । अब प्रश्न उठ्छ, किन उनले यस्तो निर्णय लिए त रु केही दिन भयो, भारतीय क्रिकेटमा यस्तो हुँदैछ भनेर हल्ला चल्न थालेको ।

सुरुमा भारतका केही क्रिकेट पदाधिकारीले त्यसलाई हल्ला मात्र पनि भने, तर अब यही हल्ला सत्य सावित भएको छ ।

खासमा विराट एक प्रकारले ब्याटबाट रन जोड्न असफल भइरहेका छन् । उनको ब्याट चुपचाप हुन थालेको छ, त्यसले कम बोल्न थालेको छ ।

त्यसैले उनी ट्वान्टी ट्वान्टी क्रिकेट टिमको कप्तानी तनाव छाडेर खालि टेस्ट र वान डे टिममै मात्र केन्द्रित हुन चाहन्छन्, अनि आफ्नो ब्याटिङमा सुधार चाहन्छन् ।

उनले ट्वान्टी ट्वान्टी कप्तानी छाड्नु पछाडि एउटा कारण उनीमाथि सिर्जना भएको दबाब पनि हो ।

विराटको नेतृत्वमा भारतीय टिमले मात्र होइन्, उनको रोयल च्यालेन्जर्स बेंगलोरले पनि क्रिकेटको कान्छो स्वरूपमा केही उल्लेखनीय गर्न सकेको छैन् । त्यसको ठीक विपरित रोहित शर्माको नेतृत्वमा मुम्बई इन्डियन्सले एकपछि अर्को उपाधि जितेको छ ।

तय छ, अबको ट्वान्टी ट्वान्टी भारतीय टिमको नेतृत्व यिनै रोहितमा जानेछ ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  १० : १७ बजे