५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लुम्बिनीको मायादेवी मन्दिर पर्यटकका लागि खुल्यो



लुम्बिनी ।
साढे ३ महिनापछि मुलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीस्थित मायादेवी मन्दिर पर्यटकका लागि बिहीवारबाट खुला गरिएको छ ।

मन्दिर खुलैसँगै बिहानै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमतीसहित आएर पूजाआजा गरेका थिए । मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । बिहीबार मात्रै ५ सय बढी पर्यटकले मन्दिर अवलोकन गरेका छन् । केन्द्रीय नहरमा डुंगा संचालन भएको छ

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिईएकोछ । दर्शकहरूलाइ डेढ–डेढ मिटरको दुरीमा उभिन लगाई लाईन लगाएर ज्वरो नापेर भित्र पठाउने गरिएको छ । मास्क अनिवार्य गरिएको छ ।

मन्दिर, अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुपको भग्नावषेश र प्राचीन ईनार अवलोकन गरि पर्यटक फर्कने गरेका छन् । कोरोना भाईरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बैशाख १६ गतेबाट मन्दिर पूर्ण बन्द गरिएको थियो ।

यसअघि पनि कोरोना भाईरस संक्रमणको पहिलो लहरमा करिब ८ महिनामा मन्दिर बन्द गरिएको थियो । लुम्बिनीमा वार्षिक १६ लाख हाराहारीमा स्वदेशी विदेशी पर्यटक र तिर्थालु आउने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ६ : ३८ बजे