५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एकता प्रक्रियासहितको एमाले जेठ २ मा सीमित हुँदैनः महासचिव पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जेठ २ मा फर्किने कुरालाई यान्त्रिक ढंगले नबुझ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आजको एमाले माओवादीसँगको एकता प्रक्रियासहितको पार्टी हो भनेर बुझ्नुपर्ने बताए ।

महासचिव पोखरेलले भने, ‘जेठ २ लाई राजनीतिक र कानूनी मर्मका आधारमा बुझ्नुपर्छ । आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र होइन, विकसित एमाले हो । एकता प्रक्रियासहितको एमाले हो । जेठ २ लाई हामीले सिर्जनात्मक प्रयोग गर्ने हो ।’ पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने र भइरहेको भन्दै माओवादीसहितको एकताको एमाले हो भनेर नबुझ्ने हो भने पार्टी बलियो नहुने प्रष्ट पारे ।
महासचिव पोखरेलले आजको मुलुक एमाले र एमाले विरोधी दुई ध्रुवमा विभाजित भएकाले सुदृढ एमाले आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  ५ : ३६ बजे