५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

४४ लाख डोज खोप लिन निगमको जहाज चीन जाँदै



काठमाण्डौ ।

सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप ल्याउन आज बिहीवार राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । सरकारले खरिद गरेको खोप भोलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिनुभयो । सरकारले ६० लाख डोज खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीन जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डोज खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड डोज थप खोप ल्याउने तयारी रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  ५ : २५ बजे