५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बादल : एमालेबाट पुँजीवादी धार अलग भयो, अब एमाले उचाइमा पुग्छ



काठमाडौं ।
नेकपा एमाले नेता रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दावी गरेका छन् ।

आफ्नो सरकारलाई अपदस्त गरेर गरेर पुँजीवादी दलालहरुलाई सहयोग गर्दै उनीहरुलाई सरकारमा पुर्याउने कामसहित पार्टीको दक्षिणपन्थी धार अलग भएको उनले बताए ।

काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘हामीले आगामी दिनमा समाजवादी धारलाई बलियो बनाउनुपर्छ । दक्षिणपन्थी धारलाई परास्त गराउन सडक र सदनबाट अघि बढ्नुपर्छ । नेकपा एमालेलाई पुनः राजकीय सत्तामा पुर्याएर छोड्छौँ ।’

उनले नेकपा एमाले नेपालको स्वाधीनताको मूल अंग भएको बताए । उनले आफ्ना जिम्मेवारीहरुलाई उचाइमा पुर्याउन आवश्यक भएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  २ : ४० बजे