५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चीनमा ६ रेक्टर स्केलको भूकम्प : तीन जनाको ज्यान गयो, ६० जना घाइते



काठमाण्डौ ।
चीनको लुसियानमा भूकम्प जाँदा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् ।

सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ६० जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । घाइते सबैको उपचार भइरहेको छ ।

भूकम्पमा फसेकाहरुको उद्धारका लागि ३ हजार जना उद्धारकर्ता खटिएका छन्। भूकम्पपछि त्यहाँ आपत्कालीन उद्धार जारी छ। यस्तै, भूकम्पका कारण केही घर र भौतिक संरचनामा पनि नोक्सानी पुगेको छ भने लुझउ सहरमा रेल(वे सेवा समेत बन्द गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  १ : १८ बजे