५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोभिड नेपालः मृत्यु हुनेको सङ्ख्या ११ हजार नजिक, कति मृत्यु रोक्न सकिन्थ्यो ?



काठमाण्डौँ ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता कोभिडका कारण ज्यान गुमाउनेको सङ्ख्या करिब ११ हजार जनाको नजिक पुगेको अधिकारीहरूले बताएका छन्।

त्यसमध्ये कैयौँले ूउपचार नपाएरू वा ूसरकारले समयमै रोकथामका उपाय नअपनाउँदाू ज्यान गुमाउनु परेको भन्दै आलोचना हुने गरेको छ।

बीबीसीसँग कुराकानी गरेका एकजना विज्ञले पनि ूमारिएकामध्ये कैयौँको ज्यान बचाउन सकिन्थ्योू भनेका छन्।उनका भनाइमा अझै पनि सरकारले सङ्क्रमणलाई घटाउन उचित र पर्याप्त कदमहरू चाल्न सकिरहेको देखिएको छैन।

अधिकारीहरूका भनाइमा चाहिँ खोप प्राप्त गर्नेको सङ्ख्या बढेकाले पछिल्ला दिनहरूमा सङ्क्रमित हुने दर केही कम भएको छ।

कुन उमेर समूहका कतिको मृत्यु ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार हालसम्म नेपालमा कोभिडका कारण १०,९९१ जनाको निधन भइसकेको छ।निधन हुनेहरूमा सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।

उक्त उमेर समूहका हालसम्म २,३२१ जनाको निधन भइसकेको छ।त्यस्तै सबैभन्दा कम मृतक ९ वर्षसम्मका बालबालिका रहेका छन्।

उक्त उमेर समूहमा पनि हालसम्म ४७ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार १२ जना मृतकको चाहिँ उमेर समूह खुलेको छैन।

त्यस्तै ७० देखि ७९ वर्षका २,१६०, ५० देखि ५९ वर्षका २,१४६, ४० देखि ४९ वर्षका १,५६८, ८० वर्ष माथिका १,४४७, ३० देखि ३९ वर्षका ८९१, २० देखि २९ वर्षका ३४६ र १० देखि १९ वर्षका ५३ जनाले ज्यान गुमाइसकेका छन्।

यसले ५० वर्ष माथिका मानिसहरूको कोभिडका कारण मृत्यु हुने जोखिम धेरै देखिएको देखाएको अधिकारीहरू बताउँछन्।
कति मृत्यु रोक्न सकिन्थ्यो ?
कोभिडका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या अन्य कैयौँ विपद्‌को तुलनामा धेरै देखिएका बेला एकजना जनस्वास्थ्यविद्ले चाहिँ कतिपय मानिसलाई बचाउन सकिने अवस्था हुँदाहुँदै बचाउन नसकिएको बताए।

जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनीले भने, ूमानिसहरूको मृत्यु रोकथाम गर्न सकिने अवस्था थियो नि१ हामीले समयमै सिमानामा कडिकडाउ गरेको भए, सिमानाबाट लक्षण नभएका मान्छेलाई मात्र भित्र छिर्न दिने बाँकी मानिसलाई क्वारन्टीन र आइसोलेशनमा राख्न सकेको भए यस्तो सङ्क्रमण त फैलिँदैन थियो नि१ू

यदि हामीले अन्तर्राष्ट्रिय सीमामा कडिकडाउ गरेको भए मृत्यु अहिलेको भन्दा धेरै कम हुने थियो भन्ने सम्भावना पनि म देख्छु त्यसैले यो निकै ठूलो बहसको विषय हो।

उनका भनाइमा नेपालमा के कारणले सङ्क्रमण भइरहेको छ भन्नेसमेत अनुसन्धान नगरिएकाले धेरै मानिसलाई सङ्क्रमण भएको हो।

हजारौँ मान्छेलाई सङ्क्रमण भएको छ त्यो के कारणले भएको छरु यसको पछाडिको कारक तत्त्व के हो भनेर पत्ता लगायो भने बचाउको ढाँचा बनाउन सहज हुन्थ्यो, उनी भन्छन्।

रोकथामको उपाय कसरी गर्ने भन्ने तय गर्न सुरुमा अनुसन्धान हुनुपर्नेमा त्यो नभएको उनको भनाइ छ।
अबको मुख्य जोखिम समूहमा को ?

अधिकारी र विज्ञहरूका भनाइमा नेपालमा विशेषगरी खोप नलगाएका र १८ वर्षभन्दा मुनिका व्यक्तिहरू उच्च सङ्क्रमणको जोखिममा रहेका छन्।

पछिल्ला केही साताहरूको विवरण हेर्दा २० वर्षभन्दा कम उमेरमा पनि सङ्क्रमण पहिलेको तुलनामा केही बढ्न थालेको सङ्केत देखिएको बताइएको छ।

नेपालमा सङ्क्रमण बढेका बेला बिरामीले अक्सिजन अभाव खेपेका थिए । तर त्यो उमेर समूहमा ह्वात्तै सङ्क्रमण बढेको अवस्था नरहेको प्रवक्ता पौडेल बताउँछन्।

उनी भन्छन्, १८ वर्षभन्दा तलको उमेरका लागि अहिले तत्कालै खोप उपलब्ध छैन त्यसैले अझै बढी सचेत हुनुपर्‍यो। १८ वर्ष माथिकाले त समूह अनुसार खोप पाइरहेका छन्।

उनले १८ वर्ष मुनिका लागि खोपको पहल गरिएको र सम्झौता भए पनि कहिलेसम्म उपलब्ध भइसक्छ भन्ने अहिले नै भन्न नसकिने बताए।

जनस्वास्थ्यविद् मरासिनी चाहिँ खोप लगाए पनि कोभिड अन्य रोगजस्तो नदेखिएकाले जोखिममा सबै रहेको ठान्छन्।

उनले भने, ूजस्तो दादुराको खोप लगाएपछि ठ्याक्कै काम गर्छ यसको चाहिँ गम्भीर नबनाउने मात्र रहेछ। त्यसैले सकेसम्म सबैले सचेत भएर जोगिने नै उत्तम उपाय रहेछ।

बिबिसीबाट साभार ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  १० : ३५ बजे