५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपालको ७० वर्षे बजेट इतिहासमा आजदेखि सरकार खर्चविहिन




काठमाण्डौँ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर(जिम्मेवारीता र सुझ(बुझको अभावमा आज (बिहीबार) देखि सरकार खर्चबिहीन भएको छ । संघिधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।

नेपालको ७० वर्षे बजेट इतिहासमा यस्तो अवस्था पहिलो पटक भएको हो । विधायकी स्वीकृत नलिएसम्म सरकारले खर्च गर्न नपाउने व्यवस्थाको कारण सरकार खर्चबिहीन बन्न पुगेको छ ।

१६ जेठमा अध्यादेशमार्फत अघिल्लो सरकारले ल्याएको बजेट ३० भदौदेखि निष्क्रिय भएको र सरकारले ल्याएको प्रतिस्थापन विधेयक पास भइनसकेको सन्दर्भमा बिहीबारदेखि मुलुक खर्चबिहीन भएको हो ।

बिहीबारदेखि बजेट ुहोलीडेु सुरु हुँदै गर्दा बुधबार भने असार अन्तिम साता हुने खर्च जस्तै गरी बजेट निकासा गरिएको छ । पछिल्लो सात दिनमा गरिएको खर्च निकासा र बुधबार मात्रै गरिएको निकासा बराबर रहेको छ ।

सरकारी आय(व्यायको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालका अनुसार बुधबार मात्रै १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ रकम निकासा भएको छ । भदौ २३ गते देखि २९ गतेसम्म १६ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको छ । भने साउन महिनाभर ९ अर्ब ७१ करोड रुपैयाँको खर्च भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  १० : १३ बजे