९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चन्द्रौटा घटना भएको चौध बर्ष पूरा, के भएको थियो ?



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटामा घटेको घटनाको बुधबार चौध वर्ष पुरा भएको छ । २०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय समाजसेवी अब्दुल मोइद खानको हत्या भएपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो ।

विगत बर्षहरुमा भाद्र ३० गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आएपनि केही बर्ष देखि यो दिनलाई स्मरण मात्र गरिदै आइएको छ ।

१४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढि सवारी साधनमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढि क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै साविकका ८ गाविसका ३ हजार बढि घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् ।

घटनाको १४ बर्ष पुगिसक्दा पनि पीडितहरुले क्षतिपूर्ति नपाउँदा राज्यको न्याय तथा सरकारको आश्वासनबाट विश्वास उठिसकेको पीडित बताउँछन । घटना पछिका हरेक वर्षहरुमा घटना पिडितहरुले भाद्र ३० गतेलाई स्मरण गर्दै आएका छन् ।

साम्प्रदायिक हिंसा भएको कारण यो घटनालाई चन्द्रौटा क्षेत्रका नागरिकले सम्झन चाहदैनन् । हिन्दु, मुस्लिमको नामबाट त्यो हिंसा भड्किएको थियो । खानको हत्या कस्ले किन गरेको हो अझै रहस्य छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  ६ : २५ बजे