५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

थप ८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुँदै



काठमाडौं ।

नेपाली कांग्रेसले थप आठ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । क्रियाशील सदस्यताको सूची नटुंगिदा वडा अधिवेशन नै प्रारम्भ नभएको २१ मध्ये ८ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘निर्वाचन समितिमा थप ८ जिल्लाको क्रियाशील सदस्यता प्राप्त भएको छ । प्राप्त सदस्यता सार्वजनिक गरेर कार्यतालिका अनुसार अधिवेशन तयारी अगाडि बढाउँछौं’, निर्वाचन समितिका एक सदस्यले भने । मंगलबार विवाद समाधान गरी निर्वाचन समितिमा बुझाइएको क्रियाशील सदस्यता सूची काभ्रेपलाञ्चोक, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाका हुन् ।

वडा अधिवेशन हुन बाँकी जिल्लाहरूमा असोज ५ गते वडा अधिवेशन गरिँदैछ । यसअघि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेका छन् । वडा अधिवेशन भएकामध्ये डडेल्धुराको अधिवेशनलाई संस्थापन इतर समूहले बहिष्कार गर्दै पुनः अधिवेशनको माग गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८ बुधबार ००:००  १२ : ३४ बजे