५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गठबन्धन बचाइयो भने चुनावपछि दुई तिहाइको सरकारः प्रचण्ड



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आउँदो चुनावबाट आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।
पोष्टबहादुर बोगटी दिवाकर को ७औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसैका लागि मित्रहरूको खोजी गर्ने क्रममा संविधान, राष्ट्रियता र गणतन्त्रको पक्षमा मोर्चाबन्दी गरेको बताए ।
‘यसलाई बचाउनुछ गठबन्धनको बलबाट हामी दुई तिहाइको सरकार बनाउनबाट वञ्चित भएका छैनौं । त्यसैका लागि मोर्चाबन्दी गरेका हौं’, प्रचण्डले भने, ‘नेपाली जनताले कुरा बुझेको छ । खाली हामी आफूले आफैंलाई बदल्नुछ । त्यसैले गठबन्धन गरेका हौं । दुई तिहाइको बहुमत बनाउन हामी वञ्चित भइहालेका छैनौं ।’
जनयुद्धमै सिधिन्छ भनेको माओवादी यहाँसम्म आइपुगेको भन्दै उनले भने, ‘पछिल्ला ५र७ महिनाको आन्दोलनलाई हेर्दा देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी नै रहेछ भन्ने जनतामा स्थापित भइसकेको छ ।’ शान्ति प्रक्रियामा आएपछि पनि मूलधारका पार्टीले ५र७ सिटभन्दा बढी ल्याउँदैन भनेकोमा माओवादीले देखाइदिएको प्रचण्डले बताए ।
१५ वर्ष पटकपटक सत्तामा गएपनि देशको राम्ररी देशको नेतृत्व गर्न नपाई नपाई बित्यो । १०० जना जति त मन्त्री नै भइसके । अब गाउँगाउँसम्म संगठन विस्तार, अभियानहरू लिएर जानुपर्छ’, प्रचण्डले भने, ‘प्रचण्डले भने, अरुलाई होइन आफैंलाई गाली गरौं । आफैंबाट सच्चियौं अब हामी ठूलो पार्टी हुन्छौं ।’

प्रकाशित मिति : ३० भाद्र २०७८ बुधबार ००:००  १२ : ०४ बजे