५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज एमाले गुल्मीको संयुक्त भेला, ज्ञवाली र विष्टले सम्बोधन गर्दै



गुल्मी ।

नेकपा एमालेका नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले आज गृहजिल्लामा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दैछन् । नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका हुन् ।

कार्यक्रमलाई दुवै नेताले सम्बोधन गर्ने नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । उनका अनुसार दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८ बुधबार ००:००  १२ : ०१ बजे