५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एमसीसी सम्झौतामा हाम्रो हात छैनः ज्ञवाली



चेतन बिस्ट, चारनम्बर ।

नेकपा एमालेका सचिव तथा प्रभावशाली नेता प्रदिप ज्ञवालीले चौतर्फी विवादित अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेसनमा ओली सरकारको कुुनै हात नभएको बताउनु भएको छ । बाहिर एमाले सरकारको पालामा एमसीसी सम्झौता भएको भन्ने गलत भ्रम रहेको भन्दै यसबारे उहाँले यसो भन्नु भएको हो ।

नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुले सिद्धार्थ क्याम्पस बुङचीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमसीसी सम्झौता पास गर्ने रोलमा आफूहरु नभएको दोहोर्याउँदैै अहिले यसबारे कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताउनु भयो । उहाँले भन्नुभयो ‘तर अब सम्झौता पास गर्ने रोलमा आए गहिरो अध्ययन गरेर देश र जनताको हितमा काम गर्ने गरी निर्णय गर्नुपर्दछ ।’ एमसीसीबारे धेरै नबोल्नु भएका उहाँले नेकपा विभाजन, सकुम्बासी आयोग लगायतका विषयमा धेरै बोल्नु भएको थियो ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहनु भएका ज्ञवालीले देउवा सरकारले सुकुम्बासीको पेटमा लात हानेको आरोप लगाउनुभएको छ । बिहानीले दिनको संकेत गरे जस्तै देउवा नेतृत्वको सरकारले पनि सुकुम्बासीको छातिमा लात हानेर आफ्नो कामको सुरुवात गरेको बताउनुभयो ।
उहाँले सरकारको प्रमुख काम जनताका मौलिक हक प्रदान गरि जनताका आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने भए पनि सुरुमै सुकुम्बासी आयोग खारेज गरेर जनताको पेटमा लात हानेको आरोप लगाउनुभयो । देश र जनताका अत्यावश्यक समस्या समधान गर्नुको सट्टा बस्ने बास नै धरापमा पारिदिएको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका ज्ञवालीले वर्तमान देउवा नेतृत्वको सरकारले सरकार गठनको महिनौ बित्दा समेत मन्त्रीपरिषद विस्तार गर्न नसकेको भन्दै यो सरकारले जनताको हितमा काम गर्छ भनेर बिश्वास नै गर्न नसकिने उल्लेख गर्नुभयो ।

ज्ञवालीले आफ्नै पार्टीका केहि नेताको स्वार्थका कारण केपी ओली नेतृत्वको सरकार ढलेको बताउनुभयो ।संसारमा कहि नभएको र कहिल्लै पनि हुननसक्ने काम नेपालको सर्वोच्चले गरेको टिप्पणी गर्नुभयो । सर्बोच्चको परमादेशले प्रधानमन्त्री तोक्नु लज्जास्पद भएको भन्दै निर्वाचन आयोग, अदालत, सभामुख र आफ्नै पार्टिका केही नेताले बहुमत सांसद हुदा हुँदै पनि विभिन्न जाल बुनि सरकार ढाल्नु दुःखद भएको बताउनु भएको छ ।

फरक प्रसङ्गमा बोल्दै ज्ञवालीले माओवादीका अध्यक्ष प्रचण्डतिर संकेत गर्दै पहिला भरतपुरमा मतपत्र च्यातेर छोरीलाइ जिताए पनि अब चुनाब जित्नको लागि एमालेले जस्तै जनताको भोट आवस्यक पर्ने बताउनु भएको छ ।

ज्ञवालीले माओवादी भन्दा एमाले पार्टी अझै पनि डबल भएको बताउदै काङ्रेसले आफुलाइ भेटाउन अझै ५० प्रतिशत संख्या बढाउनु पर्ने दाबी गर्नुभएको छ ।
उहाले आफ्नो पार्टीमा अब्बल विद्यार्थी नेता र कार्यकर्ताको आबश्यकता परेको बताउदै टेबुल मुनिबाट चिया खर्च माग्ने ब्यक्ती एमाले हुनै नसक्ने दाबी गर्नु भएको छ ।

त्यस्तै भेलामा उपस्थित केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारिलाल न्यौपानेले जसले एमाले पार्टीको निर्माण गर्यो, जो ब्यक्ती पार्टिको महासचिव भयो त्यो ब्यक्ती नै पार्टि लाई ध्वजाध्वजा पार्न लागि पर्नु दुखद भएको बताउनुभयो । उहाले कपिलवस्तुका बेदुराम भुसाल र गुल्मिकी रामकुमारी झाँक्री पार्टी बिभाजनमा लागि परे पनि पार्टी विभाजनामा उनीहरुलाई जिल्लामा कसैले साथ नदिएको बताउनुभयो ।

न्यौपानेले जनयुद्धका सेकेन्ड कमान्डर रामबहादुर थापा (बादल) समेत एमालेमा आएको बताउदै अब प्रचण्ड एक्लै हुने बाहेक अरु कुनै विकल्प नरहेको दाबी गर्नुभयो ।

राष्ट्रिय सभासदस्य विमला घिमिरेले केन्द्रबाट माधवकुमार नेपाल लगायतका केही अवसरवादी नेकपा समाजवादिमा लागेपनि कपिलवस्तुबाट भने कुनै पनि जनप्रतिनिधि एमालेबाट नबाहिरीएको बताउदै कपिलवस्तुका जनताले एमालेलाइ पुर्ण रुपमा विश्वास गरेको बताउनु भएको छ ।

प्रदेश सभा सदस्य विष्णु पन्थीले एमाले फुट्नुमा सम्पुर्ण दोस केन्द्र तहकै रहेको जिकिर गर्नुभयो । केन्द्र तहमा केही खलबली भएपनि स्थानिय तहमा भने खासै फरक नपरेको बताउँदै तल्लो तहले नै पार्टिलाइ बलियो बनाएको दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  ६ : ४४ बजे