५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

१० बुँदे कार्यान्वयन हुन्छः भीम रावल



कैलाली ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले विभाजन रोक्न गरिएको १० बुँदे सहमति कार्यान्वयन हुने दावी गरेका छन् । मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले यस्तो दावी गरेका हुन् ।

‘१० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ’ उनले भने, ‘केही स्वार्थी पदका लोभीहरुले आफनो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेका छन् त वास्तविकता त्यस्तो होइन ।’

उनले कोहीकोही ताउलोमा नभई कसौंडीमा खान खोज्नेहरूले गलत हल्ला फिँजाइरहेको समेत बताए । ‘केही मान्छेहरु ताउलोमा होईन खिचडी पकाउने कसौंडीमा खान खोज्छन् तर एमालेमा त्यस्तो कहिल्यै पनि हुदैन’, नेता रावलको भनाइ छ । उनले मदन भण्डारीले उठाएको राष्ट्रवादको झण्डा आफुहरुले उठाइरहेको दावी समेत गरे । एमाले छोडेर समाजबादीमा लागेका नेताहरु एमसीसीका बारेमा किन चुप बसेका छन् भन्दै प्रश्न गरेका रावलले आफु पद र प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताए । उनले एमालेमाबाट जितेर समाजवादीमा लाग्ने नेताहरुलाई जनताले चुनावमार्फत दण्डित गर्ने ठोकुवा समेत गरे । रावल गृहजिल्ला अछाम सहितका जिल्ला भ्रमणका लागि मंगलबार धनगढी आएका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  ५ : ४० बजे