५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरकार विरूद्द व्यवस्थित ढंगले अघि बढ्छौं : नेता वस्नेत



बिष्णु कुमार आले, अर्घाखाँची ।
नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले यो सरकारकोविरुद्धमा व्यवस्थित ढंगलेअघि बढ्ने बताए । नेता बस्नेतले भने, आज मंगलबार जिल्ला कमिटी अर्घाखाँचीद्दारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफ्नो नेता कार्यक्रर्ताहरुलाई परमादेश सरकारले दमन गरेको बताए । उनले आफ्नो नेता कार्यक्रर्ताहरुलाई गृहमन्त्रालय मार्फत दमन गरेको भन्दै आफूहरु पनि व्यवस्थित रुपमा विरोधको तयारी गर्ने बताए ।

अहिलेको सरकारले केपी ओलीले गरेको सबै राम्रो कामलाई निस्तेज गर्दै लगेको आरोप लगाए । यो सरकार चुनावसम्म रहनु भनेको ओलीले गरेको सबै राम्रो काम सिध्याउनु हो भन्दै नेता बस्नेतले अर्थमन्त्री जनार्दन शर्मा मार्फत कालो धनलाई सेतो धन बनाउने अभियान सुरु भएको बताए । तर, आफूहले सरकारको यो अभियानलाई कडा प्रतिवाद गरि सफल हुन नदिने बताए । त्यसको लागि आफूहरुले व्यवस्थित ढंगले सरकारको विरोधको तयारी गर्ने बताए ।

बस्नेतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू राजा बन्नको लागि राजाको खुट्टामा दाम चढाएको आरोप लगाए । उनले नेपाल पहिलेदेखि नै पदको लोभि भएको आरोप लगाए । नेपालले प्रधानमन्त्री पदको लागि विभिन्न हत्कन्डा अपनाएको उनले बताए । उनले अहिले एमाले फुटाएर नेपाल प्रधानमन्त्री बन्नको लागि गएको आरोप लगाए । तर, संसद पुनःस्थापना गरेर चितवनबाट लड्डु खाँदै काठमाडौँ आएर देउवालाई प्रधानमन्त्री बुझाएको उनले आरोप लगाए ।


बस्नेतले केपी ओलीले आफू पार्टीको अध्यक्ष नबन्ने र अर्को पटक चुनाव पनि नलड्ने घोषणा गरेर प्रचण्डलाई पार्टी चलाउन भन्दापनि प्रचण्डले नमानेर पार्टी फुटाउन उत्पेरित भएको बताए । नेता बस्नेतले भने , प्रचण्डले पछिल्लो पटक आफैले आफ्नो राम्रो विश्लेषण गरेका छन् त्यो के हो भने प्रचण्ड एक दुई बर्षमा राजनिती रूपमा सबै बाट एक्लीने छन् र उनलाई खोज्न लाईट बाल्नु पर्ने अवस्था आउँछ ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  ४ : ३४ बजे