५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एमाले सांसद पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने सर्वोच्चको आदेश



काठमाडौं ।

सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो अदोश दिएको हो ।

पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए । अदालतले निवेदकले नेकपा एसमा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमाा निवदेन गरि दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही गर्न नगराउन आदेश अन्तरिम आदेश दिएको हो ।

पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने भट्ट राष्ट्रियसभा सदस्य हुन् । अब प्रतिनिधिसभामा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  ४ : १३ बजे