५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दैलेखमा एक शिक्षकको विभत्स हत्या



सुर्खेत ।

दैलेखको गुराँस गाउँपालिका– ८ मा एक शिक्षकको विभत्स हत्या भएको छ । मंगलबार रक्ताम्य अवस्थामा शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।
उनले शिक्षकको हत्या भएको हुनसक्ने बताए । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेको उनको भनाइ छ ।
‘घटनाबारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ’, डिएसपी श्रेष्ठले भने, ‘केही समयपछि घटनाबारे थप जानकारी हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  ३ : ५५ बजे