५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गते



काठमाडौँ ।

प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गते बस्ने भएको छ । मंगलबार एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।

एमाले अवरोधकै बीच विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित भएको छ । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  १ : ३८ बजे