५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एमाले अध्यक्ष ओली बुधबार बुटवल आउँदै



रूपन्देही ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधबार रुपन्देहीका अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउने भएका छन् । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले जानकारी दिए ।

रूपन्देही जिल्लाको अगुवा कार्यकर्ता भेला भएकाले यो परिस्थितिमा पनि कोभिड १९ को सचेत भएर कार्यक्रम गर्न थालेको र कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण नेता कार्यकर्तालाई क्रियाशील बनाइएको नेकपा रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुबेदीले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न र थप प्रतिवद्व बनाउन सबै जिल्लामा बृहत् भेला आयोजना गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  १२ : ४१ बजे