५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बाणगंगाका सिद्धार्थ क्याम्पस र युनाइटेड बोर्डिङ आजबाट खुले, अरु कहिले खुल्छन् ?



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगामा भौतिक उपस्थितिमा कक्षा सचालन भएको छ । लामो समयपछि आज विहान ६ः३० बजेबाट कक्षा संचालन भएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसले अहिले अनलाइन माध्यमबाट कक्षा संचालन गरेको छ ।

विभिन्न संकाय र तहअनुसार फरकफरक दिन कक्षाहरु संचालन गर्ने गरी खुलाइएको क्यामपसका प्राचार्य खेमराज शर्माले बताउनु भयो । लामो समयपछि आज क्याम्पस जान पाउँदा खुसी लागेको बाणगंगा ४ कि एलिसा शर्माले मायादेवी अनलाइनसंग बताउनु भयो ।

यता चप्पर गाउँको युनाइटेड स्टुडेन्ट एकेडेमीले पनि आजबाट विद्यालय सुरु गरेको छ । प्रिन्सिपल कृष्ण केसीका अनुसार आजबाट भौतिक रुपमा विद्यालय खुलेको हो ।

विद्यालयमा सिकाइ केन्द्रको रुपमा विहान १० बजेबाट पठजपाठन सुरु भएको उहाँले मायादेवीसंग बताउनु भयो । अन्य विद्यालयले पनि एक दुई दिनमा कक्षा संचालनको तयारी गरेका छन् । समुदायस्तरमा कोरोना जाँच र पहिचान सकिएपछि बाणगंगाका सबै विद्यालय खुल्न सुरु गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  १० : १४ बजे