५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

असोज ५ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक



काठमाडौ ।
नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक असोज ५ गते बस्ने तय भएको छ । असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिनुभएको हो ।

माधवकुमार नेपाल नेतृत्वको नव गठित एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकले जिल्लागत रुपमा नेताहरुको जिम्मेवारी समेत तोक्ने नेता भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  ६ : ५७ बजे