५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एमाले नेता प्रदिप ज्ञवाली भोलि कपिलवस्तु आउदै



मायादेवी अनलाइन, जितपुर ।

नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली भोलि कपिलवस्तु आउनुहुने भएको छ । नेकपा (एमाले) कपिलवस्तुद्धारा सिद्धार्थ क्याम्पसमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ज्ञवाली मंगलबार आउनुहुने नेकपा एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।
पार्टीका प्रभावशाली नेता ज्ञवालीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रममा उपस्थितीका लागि एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी अगुवा कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८ सोमबार ००:००  ८ : २२ बजे