४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

घट्दै कोरोना संक्रमित, थप ९ सय ११ जनामा संक्रमण पुष्टि



काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा १४२३ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८ आइतबार ००:००  ४ : ११ बजे