४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एमालेद्वारा आज पनि संसद् बैठकमा अवरोध



काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज आइतवार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका छन् ।

यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गर्नुभएको स्पष्ट पारेको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नुभएको बताउनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०७८ आइतबार ००:००  २ : ३३ बजे