४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भाइरल मधौली पार्कमा लायन्स र लियोले ‘लभ फोटो जोन’ बनाउने



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको भाइरल ‘मधौली पार्क’ मा अब ‘लभ फोटो जोन’ निर्माण हुने भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ स्थित मधौली सामुदायिक बनमा रहेको मधौली पार्कमा लियो क्लव अफ कपिलवस्तु र लायन्स क्लव अफ कपिलवस्तुले लभ फोटो जोन बनाउने भएका हुन् ।

यसको लागि वनका अध्यक्ष खडानन्द गौतम र लियोका अध्यक्ष पाण्डव भण्डारीबीच आइतबार विहान सम्झ्यौता पत्रमा हस्ताक्षर भएको छ । वनले अगाडी सारेको परा पर्यटन प्रवद्धनको लागि उपयुक्त लागेर सो वन छनौट गरी सम्झ्यौता गरिएको क्लवका अध्यक्ष भण्डारीले मायादेवी अनलाइनसंग बताउनु भयो ।

लियोका उपाध्यक्ष तथा निर्माण समितिका संयोजक भीम प्रसाद भट्टराई (विष्णु) का अनुसार आगामी कार्तिक मसान्तभित्र लभ फोटो जोन निर्माण सम्पन्न हुने छ । फोटो जोन निर्माण पछि सो उद्यानमा थप पर्यटन प्रवद्धन हुने उहाँले विश्वास लिनु भयो । जोनका संरक्षक एवम् लायन्स क्लवका अध्यक्ष धातानन्द भुसालले युवाको सृजनशिल कार्यको लागि धन्यबाद दिँदै जतिसक्दो आकर्षक बनाउने गरी लायन्सले पनि फोटो जोनमा सहयोग गर्ने बताउनु भो ।

सम्झ्यौतापछि वनका अध्यक्ष खडानन्द गौतमले लायन्स र लियो परिवार पनि आफूहरुको परापर्यटनमा जोडिएकोमा खुसी ब्यक्त गर्दै यसले उद्यानको विकासमा थप टेवा दिने बताउनु भयो । सामान्य सोच बनाएर निर्माण भइरहेको सो पार्क अहिले एकाएक भाइरल बनेपछि थप आकर्षक बनाउन आफूहरु पनि लागेको उहाँले बताउनु भयो । सबै मिलेमा पार्कलाई प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने उहाँको विश्वास छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८ आइतबार ००:००  १० : ५३ बजे