४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विजयनगरमा विभिन्न पार्टी परित्याग गरि ३ सय ४० जना एमालेमा प्रवेश



कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ७ गणेशपुरमा आयोजित कार्यक्रममा ३ सय ४० जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको विजयनगर गाँउपालिका वडा नं ७ का वडा कमिटि अध्यक्ष मुजिवुर रहिमानले बताए ।
विजयनगर गाँउपालिकाको विकासमा गाउँपालिका अध्यक्ष गोपाल थापाले गरेको प्रगती र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले गरेको विकास निर्माणका कामबाट प्रभावित भएको नेकपा एमाले कपिलवस्तु जिल्ला सचिवालय सदस्य तथा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताए ।
कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ७ मा आयोजित वडास्तरिय भेला कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा लुम्बिनी प्रदेश सांसद अर्जुन कुमार के.सी ले एमाले प्रति नागरिकहरुको आस्था र विश्वास बढ्दै गएको बताए ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले १० जना पार्टी सदस्य भएको वडा नं. ७ गणेशपुरमा बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नु ठुलो उपलब्धी भएको बताए ।
कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष दिनेश चौधरीले पाटी बिपन्न तथा सर्वहारा वर्गको पक्षमा बकालत, पैरवी गरेको र सधै गरिबहरुको पक्षमा रहने बताए ।
विजयनगर गाँउपालिका वडा नं ७ का वडा कमिटी अध्यक्ष मुजिवुर रहिमानको अध्यक्षता, कैलाश भारतीको स्वागत रहेको कार्यक्रमको संचालन नेकपा एमालेका जिल्ला कमिटी सदस्य राम प्रकट कोरीले गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८ आइतबार ००:००  ८ : ५३ बजे