४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले संसदीय दलको बैठक आज बस्दै



काठमाडौं ।
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ । संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७८ आइतबार ००:००  ८ : २७ बजे