४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एक हप्ता मनसुन कमजोर हुने



काठमाण्डौ ।

अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो ।
केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा आज २८ देखि ३० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ । देशका अरु ठाउँमा पनि तुलनात्मक रुपमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७८ आइतबार ००:००  ८ : २३ बजे