४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्छः अध्यक्ष नेपाल



काठमाण्डौ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताउनुभएको छ ।

एमसीसीले देशको आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्ने उहाँको भनाइ छ । युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै उहाँले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिनुभयो । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उहाँले संसदमा नाटक प्रदर्शन भइरहेको टिप्पणी गर्नुभयो । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २६ भाद्र २०७८ शनिबार ००:००  ४ : २१ बजे