काठमाडौँ ।
नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् ।
तुल्सीलाल स्मृति भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै कायम रहेको बताए ।
नेकपा हुँदा नै तीन सदस्यीय कार्यदल बनाएका थियौं । त्यो कार्यदलको सुझावमा एमसीसीको सम्झौतालाई संशोधन सहित अघि बढाउने भन्ने सुझाव थियो । त्यसको अर्थ एमसीसीलाई अस्वीकार गर्ने वा एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो निष्कर्ष होइनु उनले भने एमसीसीको सम्झौतामा रहेका कतिपय प्रावधानहरुलाई पुनर्व्याख्या गरेर नेपालको राष्ट्रिय हित थप अनुकुल बनाउनु पर्ने छ ।
यो सबै विषयमा आवश्यक संशोधन गरेर एमसीसी अघि बढाउने भन्ने त्यस समयको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ । एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने रहेको भट्टराईले भने । एमालेले बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको उनले बताए ।
ुएमसीसीको विषयमा हाम्रो संसदीय दलको बैठकमा व्यापक छलफल गरेका छौं । एमसीसीको उपाध्यक्षसँग हाम्रो पार्टी अध्यक्षले पनि भेटघाट गर्नुभयो । पहिलो कुरा सत्तारुढ दल र गठबन्धनले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्नुहुन्छ वा गर्नु हुँदैन ? पहिले हामी त्यो हेर्दै छौं सञ्चारकर्मीहरुसँग उनले भने टेबुल गर्दा कस्तो अवस्थामा गर्नुहुन्छ ।
जस्ताको त्यस्तै गर्नुहुन्छ कि संशोधन गरेर गर्नुहुन्छ कि त्यो विषयमा अहिले क्लियर छैन । अहिले नै त्यस विषयमा बोल्नु हतार हुन्छ । त्यो निर्णयमा सरकारको पोजिसन के हुन्छ त्यो हामी हेर्दै छौं ।
नेपाल भ्रमणमा रहेकी एमसीसीको उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको पोजिसन हेरिरहेको बताएका थिए ।
प्रतिक्रिया