९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

संखुवासभा हत्याकाण्डः हत्या आरोपीको स्वीकार– चिर्पटले हानेर मारेँ



काठमाडौं ।

संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की छन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने कार्की नातामा भतिजा हुन् । प्रहरीका अनुसार लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद भएको छ ।

पारिवारिक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । “हत्या गर्ने व्यक्तिलाई पक्राउ गरिसकेका छौं । उनले हत्या गरेको स्वीकार गरिसकेका छन्,” प्रहरीका एक उच्च अधिकारीले भने, “ऋण माग्दा आफन्त भए पनि पैसाको ब्याज लिन्थे । पागल भनेर जिस्काउँथे त्यसैले चिर्पटले हानेर मारेँ भनेर स्विकार गरिसकेका छन् ।” प्रहरीका अनुसार कार्कीले डिप्रेशनको औषधि खाइरहेका थिए ।

५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाती दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो । ६ जनाको शव चार ठाउँमा फेला परेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८ शनिबार ००:००  १ : ३४ बजे