मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले भोलि (आइतबार) सार्वजनिक विदा दिने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले आइतबार (भोलि) २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बड्की आइतबार पर्व परकाले बाणगंगा नगरपालिका मातहातका सम्पूर्ण कार्यालयहरुमा विदा दिने जनाएको हो ।
बड्की आइतवार थारु समुदायले भोलि मनाउँदै छन । थारु समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा बड्की आईतबार पर्वलाई मानिन्छ । बड्की आइतवार पर्व थारु जातिहरुले मनाउने पर्व हो । यो पर्व सूर्यको उपसना गरेर मनाउने गर्दछन् ।
प्रतिक्रिया