४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पूर्व राजदूत रुक्मशमशेर राणाको निधन



काठमाण्डौ ।

भारतका लागि पूर्व राजदूत रुक्मशमशेर राणाको निधन भएको छ । राणाको ८५ वर्षको उमेरमा बत्तीसपुतलीमा रहेको निवासमा गएराति निधन भएको ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित डायलाइसिस गर्दै आउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नुभएको थियो । साथै उहाँ नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपमा दुई पटक सदस्यसचिव रहनुभएको थियो । उहाँ अहिले ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २६ भाद्र २०७८ शनिबार ००:००  १० : २४ बजे