४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ ।

एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो । तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइसकेको उनको भनाइ छ । यस्तै आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ ।

सभामुख अग्नि सापकोटाले आफ्नो पार्टी फुटाउन‘भूमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आएको छ । तर एमालेको अवरोधका बीच सभामुख सापकोटाले संसदको काम कारबाही अगाडि बढाएका छन् । स्थायी कमिटी बैठकले यसबारे गम्भीर समिक्षा गरेर अगामी रणनीति बनाउने तामाङले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८ शनिबार ००:००  ९ : १७ बजे