४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

देशभर सामान्य बदली, धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने



काठमाण्डौ ।

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अहिले प्रदेश १ का केही ठाउँमा पानी परिरहेको छ । तर निरन्तर पानी पर्ने सम्भावना भने छैन ।
एकछिन बद्ली हुँदै फेरि घाम लाग्ने उहाँले बताउनुभयो । झापा आसपासको क्षेत्रमा चट्याङ्ग पार्ने बादलको विकास भइरहेकाले दिउँसोसम्ममा चट्याङ्गसहितको सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।
अबको केही दिन लगातार झरी पर्ने वा ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् शाक्यले बताउनुभयो ।

प्रकाशित मिति : २६ भाद्र २०७८ शनिबार ००:००  ८ : ४७ बजे