४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रोनाल्डोले युनाइटेडबाट भोलि खेल्ने



एजेन्सी । म्यानचेस्टर युनाईटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले भोलि (शनिबार) क्लबबाट पहिलो खेल खेल्ने भएका छन् ।

प्रशिक्षक ओले गुनर सोल्सायरले ३६ वर्षिया फरवार्ड शनिबार न्युक्यासलविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् ।

‘उनले यस हप्ता हामीसंग राम्रो समय बिताएका छन् ।’ सोल्सायरले पत्रकार सम्मेलनमा भने, ‘उनी पक्कैपनि मैदानमा केही बेर रहनेछन् । यो निश्चित छ ।’

रोनाल्डोले युभेन्ट्सबाट प्रि–सिजन खेल समेत खेलेका थिए । उनले विश्वकप छनोट अन्तर्गत पोर्चुगलबाट समेत पुरा समय खेलेका थिए ।

५ पटकका फिफा वालेन डि ओर खेलाडीले युनाईटेडमा गत मंगलबारबाट अभ्यास गरिहेका छन् ।

सोल्सायर रोनाल्डोले ४० वर्षको उमेरसम्म उच्च स्तरको फुटबल खेल्न सक्ने बताउँछन् । उनी रायन गिल्स जस्तै युनाइटेडको अर्को खेलाडी बन्न सक्ने धारणा राख्छन् ।

रोनाल्डो यसै सिजन युनाइटेड फर्किएका हुन् । उनले युनाइटेडसँग २ वर्षको सम्झौता गरेका छन् । थप एक वर्ष थप्न सकिने सम्झौतामा उल्लेख छ ।

युनाइटेडले युरोपेली क्लब फुटबलका सर्वाधिक सफल फुटबलरलाई जम्मा १२ मिलियन पाउण्डमा प्राप्त गरेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ७ : २५ बजे