४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रुपन्देहीमा चट्याङ लागेर एक युवाको मृत्यु, ४ घाइते



रुपन्देही ।
रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।

जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ बर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको छ । उनीसँगै रहेका स्थानीय ११ वर्षिय सन्तोष यादव घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै, चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका–१ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।

उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ११ : १८ बजे