४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एस्ट्राजेनेकाको खोपबारे प्रश्नः बालबालिकामा साइड इफेक्ट हुन सक्ने



काठमाण्डौ । युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने जनाएको छ ।

युरोपियन मेडिसिन एजेन्सी ९ईएमए०ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको बीबीसीको खबरमा उल्लेख छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो । यो रोगका कारण बालबालिकामा हातखुट्टा सुन्निने, कमजोरी हुने र दुख्ने समस्या हुन्छ । तर खोप लगाइसकेपछि साइड इफेक्टका रुपमा देखिने यो समस्या एकदमै कम हुन सक्ने कम्पनीले जनाएको छ ।

एस्ट्राजेनेकाको खोप लगाएका दश हजार जनामध्ये एक जनामा मात्र यस्तो समस्या देखिन सक्ने खबरमा उल्लेख गरिएको छ । अहिले विश्वका कतिपय देशमा बालबालिकामा समेत कोरोना भाइरसको खोप लगाउन सुरु गरिएको छ । भने कतिपय कम्पनीका खोपहरु अहिले परीक्षणका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ८ : ०९ बजे