४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुमा भारतीय नागरिकले ९ वर्षीया बालिकालाई करणी गरे !



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा ९ बर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नविन हुसेन अन्सारीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शंकर आचार्यले बताउनुभयो ।

अन्सारीले ती बालिकालाई भदौ २१ गते रातको समयमा पैसा दिने प्रलोभनमा पारी जवरजस्ती करणी गरेको पिडित परिवारको भनाई रहेको छ । अन्सारी १२ वर्ष देखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।

करणी पश्चात फरार रहेका उनलाई २२ गते नै पक्राउ गरिएको निरिक्षक आचार्यले बताउनुभयो । अहिले मुद्धा दर्ता गरी अदालतवाट म्याद थप गरि अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ६ : ३४ बजे