४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल र पीएनजीबीच आज दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल



काठमाडौं ।

ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पपुवा न्युगिनी पीएनजीसँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । डे नाइट ९दिन र रातमा०अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह ४स्१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो ।सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । सिरिजमा नेपाल १(० ले अघि रहेको छ ।

नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा हुनेछ । पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।

सिरिजको तालिका

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ ९भदौ २८ ० गते प्रतिस्पर्धा गर्नेछ ।नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ ९भदौ २९० गते प्रतिस्पर्धा गर्नेछ ।नेपालले तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ ९असोज १० गते प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर १९ ९असोज ३० गते खेल्नेछ ।यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ६ : ३४ बजे