४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तौलिहवामा आज एमसीसी विरुद्ध ७ दलको संयुक्त विरोधसभा



मायादेवी अनलाइन, वाणगंगा ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज शुक्रबार तौलिवामा ७ दलले संयुक्त विरोध प्रर्दशन गर्ने भएका छन् ।

एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई लागू गर्न नहुने माग सहित जिल्लाका ७ कम्युनिष्ट घटकले विरोध प्रर्दशन गर्न लागेका हुन् ।

विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (क्रान्तिकारी माओवादी), बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध सभामा उपस्थित हुनका लागि जिल्लाका युवा, बुद्धिजिवी, व्यापारी, देशभक्त, क्रान्तिकारी र बामपन्थी नागरिकलाई आग्रह गरेका छन् ।

विरोध सभा दिउँसो १ बजे हुने उक्त दलहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८ शुक्रबार ००:००  ६ : २२ बजे