४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एकीकृत समाजवादीको सांसद कायम गर्न एमाले सांसदले दर्ता गराएको रिट हेर्न नभ्याइनेमा



काठमाडौं ।
सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले) का दुई सांसदले दर्ता गराएको रिट हेर्न नभ्याइनेमा राखेको छ। रिटमाथि बिहीबार न्यायाधीश अनिलुकमार सिन्हाको एकल इजलासमा सुनुवाइ तोकिएको थियो।

बुधबार एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै सर्वोच्चमा पुगेका थिए।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७८ बिहिबार ००:००  २ : २७ बजे