४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु



दाङ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिकामा गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा मृत्यु भएको हो ।

तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसैबीच बिहीबार बिहान दाङ र सुर्खेतमा दुईवटा मोटरसाईकलमा जलेर नष्ट भएका छन् । दाङको घोराही उपमहानगरपालिका–४ तल्लो भकारे निवासी ६७ वर्षीय थमबहादुर परियारको घरमा पार्किङ गरी राखेको भे ४ प ५०७५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको हो । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित हरिहरनाथ योगीको घरमा पार्किङ गरी राखेका भे ६ प ८४५२ नम्बरको मोटरसाइकलमा पनि बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८ बिहिबार ००:००  २ : २२ बजे