४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तौलिहवामा रक्तदान कार्यक्रम



मायादेवी अनलाइन, तौलिहवा ।
दलित सामाजिक बिकास केन्द्र र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय तौलिहवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दलित सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य, कर्मचारी, समाजसेवी, सस्त्र प्रहरी बल नेपाल लगायत १३ जनाले रक्तदान गरेका छन् ।
दलित सामाजिक बिकास केन्द्रले बिगत १७ बर्ष देखि दलित, महिला, किशोर किशोरी, अपांगता भएका व्यक्ति, एकलमहिला सिमान्तकृत समुदाय तथा ब्यक्तिहरुलाई शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा पहुँच बढाउने सशक्तिकरण गर्ने उद्देश्यले काम गर्दै आइ रहेको छ ।

गरिब ब्यक्तिहरुलाई अझै थप सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो । ‘दलित गरिब बिपन्न बर्गको ब्यक्तिहरुले सजिलो तरिका तथा सहजरुपमा समस्या भए पछि, बिरामी पश्चात रक्त बिना कसैले ज्यान गुमाउन न परोस उद्देश्यले यो रक्तदान कार्यक्रम संस्थाले प्रथम पटकमा १३ जना बाट सुरुवात गरिएको हो अगामी दिनमा धेरै भन्दा धेरै ब्यक्तिहरु बाट रक्तदान गराउन प्रयास गर्ने छौ, अध्यक्ष संजय कुमार कोरीले भन्नुभयो ।’

उक्त अवसरमा दलित सामाजिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष संजय कुमार कोरीलाई रेडक्रसका महामन्त्री सन्तोष श्रीवास्तव र साधिका यादवले रक्तदानका लागि सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८ बिहिबार ००:००  ८ : ४१ बजे